प्रदेश 1

मेयर चौधरीका कारण काँग्रेस समूहले प्यानलै जित्ने दिए व्यावशायी पौडेलले संकेत

इटहरी । प्रदेश नम्बर १ को महत्वपूर्ण व्यापारिक क्षेत्र पर्ने उद्योग बाणिज्य संघ इटहरीको चुनावको रौनकले अहिले इटहरीमा सारगर्मी बढेको छ । पार्टीगत चुनाव भन्दा कम छैन असार १४ गते हुन लागेको चुनाव । नेकपाबाट अध्यक्षका उम्मेदवार शैलेस विष्ट चुनावी मौदानमा उत्रिएका छन् भने राप्रपा र काँग्रेसको साझा समुहबाट भिम पौडेल अध्यक्षमा चुनाव उठ्दै छन् ।

बजारमा अन्य पद भन्दा पनि अध्यक्ष प्रत्यासीको विषयमा बजारमा चर्चा चुलिएको छ । ब्यापारीक शहर इटहरीले नयाँ नेतृत्व चुन्ने अन्तिम तयारीमा छन । अध्यक्षका लागि चुनाव उठेका शैलेस विष्ट र भिम पौडेल इटहरीका दुबै ब्राण्डेड ब्यापारी हुन् । दुबै पक्ष आ आफ्नो ठाउँमा बलियो उम्मेदवार भएको बजार हल्ला चलिरहेको छ ।

इटहरी बजारका ब्यापारीहरु पक्ष र विपक्ष भएर चुनावी मौदानमा आउँदा अहिले बजारमा विष्ट भन्दा केहि बलियो जस्तो देखिएका छन भिम पौडेल । चुनावी माहोल सुरु हुदा विष्ट बजारमा लोकप्रिय भए पनि चुनावको अन्तिममा ह्वात्तै भिम पौडेलको माहोल बनेको देखिन्छ । आक्रमक प्रचारप्रसारले पनि भिम पौडेलको माहोल बनेको देखिन्छ ।

सामाजिक क्षेत्रमा लोकप्रिय र अहिले सम्म विवादमा नपरेका कारण पनि पौडेलको पक्षमा ब्यापारीहरुको झुकाब बढेको जस्तो देखिन्छ । चिया पसलहरुमा भएको बहसले पौडेलको माहोल बलियो जस्तो देखिन्छ । बजार हल्ला भन्छ अहिले सम्म एक जुट नभएको काग्रेस भिम पौडेलले मिलन गरायो । धेरै ब्यापार भएको कारण पनि अन्य पक्षकै ब्यापारी पौडेलको पक्षमा छन् भन्दै चुनाव जित्नेमा ढुक्क छ पौडेल पक्ष ।

यता बजार हल्लाको पछाडि वास्ता समेत नगरी अगाडि बढेको छ शैलेस विष्ट पक्ष । शैलेस शहरमा लोकप्रिय भएको कारण चुनाव जित्ने दाउमा छ । लामो समय देखि सामामजिक क्षेत्रमा लागेको विष्ट इटहरीमै जन्मेका कारण धेरैले मत दिनेमा विश्वस्त छन । इटहरीको मेयर उपमेयर काण्डले केहि धक्का लाग्न सक्ने अनुमान भने विष्ट पक्षको छ ।

नेकपा भित्रको गुटबन्दी चुनावमा लागु भए विष्ट हार्ने सक्छन भन्नेहरु छदैछन् । कार्यकाल भर राम्रो काम गर्ने नसकेको आरोप लाग्दै आएका शैलेस पनि कमजोर उम्मेदवार हैनन् । यस्ता टिकाटिप्पणी हरुलाई विष्टले सकारात्मक रुपमा नै लिने गरेको छन् । संचारपाटी प्रश्न गर्छ, चुनावको मुखमा सबैले आ आफ्नो पक्ष बलियो दाबी गरिरहे पनि चुनाव भोट पछिको रिजल्टले मात्र चुनाव कसले जित्ला थाहा हुन्छ । हैन र ? यसभन्दा अघि नेकपा एमाले संबद्ध उवासंघ बिजयी भएपनि यसपटक उक्त अवस्था नदेखिएको तर्क स्थानीय उद्योग व्यावशायीको छ । ।