खेलकुद

अर्जे्न्टिना कोपा अमेरिका फुटबलको सेमिफाईनलमा

एजेन्सी । अर्जे्न्टिना कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जे्न्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हराएको हो ।

अर्जे्न्टिनाले अब फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ । अर्जे्न्टिनाले गरेका दुवै गोलमा म्यानचेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरोको भुमिका रहयो । खेलको १० औ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जे्न्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । लियोनल मेस्सीको कर्नरमा अग्युरोले डिबक्स भित्रबाट प्रहार गरेको बललाई चलाखीपुर्ण तरिकाले मार्टिनेजले पोस्टको दिशा दिए ।

७४ औ मिनेटमा बैकल्पिक खेलाडी जियोवानी लो सेलोले गोलकिपरको गल्तीको फाइदा उठाउँदै अर्जे्न्टिनाका लागि दोस्रो गोल गरेका थिए । अग्युरोको प्रहार गरेको बललाई गोलकिपरले क्लियर गर्न नसक्दा जियोवानीले गोल गर्न सफल भएका थिए । अर्जे्न्टिना कोपा अमेरिकाको उपाधिबाट मात्र दुई खेल टाढा छ । तर पछिल्लो दुई प्रतियोगितामा अर्जे्न्टिना चिलीसंग पेनाल्टी सुटआउटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।