राजनीति

देउवाको गर्जनः राणा, राजा र पञ्चायत ढालेको काँग्रेसले एकचुढ्कीमा ओली सरकार ढाल्न सक्छ

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले दुईतिहाई मतको दम्भका प्रशमाथी गरेको आक्रमण नरोके सरकार ढालन काँग्रेसलाई ठूलो चुनौती नभएको बताएका छन् ।

काँग्रेस नेतृत्वमा राणा शासन, पञ्चायतकाल र राजतन्त्र समाप्त भएको नबिर्षन स्मरण गराउदै नेकपा अध्यक्ष समेत रहेको केपी ओली सरकारलाई ढाल्न काँग्रेसलाई कुनै ठूलो आन्दोलनको जरुरी नभएको बताएका छन् । एकचुढ्कीमा सरकार लाल्न सक्ने संकेत दिएका छन् ।

पूर्ब प्रधानमन्त्री समेत रहेका सभापति देउवाले जनताले दिएको मतको कदर गर्दै काँग्रेसले नेकपा सरकार आफूहरु पुरा ५ बर्ष टिकोस भन्ने हिसाबमा रहेपनि प्रहरी, कर्मचारी, न्यायालयलाई आफ्नो मातहतमा ल्याउन सरकार तललीन रहेपनि लोकतन्त्र बचाउनका लागि सरकारको बिरोध गर्नुपर्ने आफूहरुको बाध्यता भएको बताएका छन् ।

सरकारप्रति अन्य समय भन्दा बढी आक्रोशित देखिएका सभापति देउवाले काठमाण्डौको एक कार्यक्रममा बोल्दै गुठी बिधेयक खारेज गरेको बताएपनि कुनैपनि बेला झुक्याएर ल्याउन सक्ने हुँदा सबैलाई सचेर रहन सल्लाह समेत दिएका छन् ।