राजनीति

अपाङ्गताका पक्षमा काँग्रेसले सडक र सदनबाट शसक्त आवाज उठाउछः नेता राणा

ललितपुर । नेपाली काँग्रेसका युवा नेता उदयशम्सेर राणाले राष्ट्रले अपाङ्गता भएका व्यक्तिलाई संरक्षण गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको सरकारले ५ प्रतिशत आरक्षण गरेपनि बर्तमान दुईपतिहाई मतको कम्युनिष्ट सरकारले दम्भ स्वरुप प्रतिशत घटाउदै खारेज गर्ने दिशामा उनमुख हुनु दुःखद रहेको बताएका छन् ।
पुर्व अर्थराज्य मन्त्री समेत रहेका नेता राणाले संबिधानले समेत ग्यारेण्टी गरेको व्यवस्थालाई बर्तमान सरकारले उल्ट्याएर जनबिरोधी कार्य गरेको दाबी गर्दै काँग्रेसले सडक र सदनबाट अपाङ्गता भएका बयक्तीको पक्षमा आवाज उठाउने खुलस्त गरेका छन् । युवा नेता राणाले ललितपुर नेत्रहिनसँघको आयोजनामा सेतो छडि बितरण कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । अध्यक्ष राणा तरुण दलका पुर्ब केन्द्रीय अध्यक्ष समेत हुन् ।