आर्थिक

सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा

बाके । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममाबर्दियाको ठाकुरद्वारामा शाखासंचालनमा ल्याएको छ । सो शाखाको उद्घाटनठाकुरबाबा नगरपालिकाका उपमेयर  कृष्णा कुश्मा थारु (आस्था) ले गरिन ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला,सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ ।