आर्थिक

प्रभु बैंकको ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने सैद्धान्तिक सहमती

काठमाडौँ । प्रभु बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही यस बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्ने छ ।

हालसम्म देशभरका १८६ शाखा कार्यालय, १३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरु सहितको सञ्जालका माध्यमबाट १२ लाख भन्दा बढि सन्तुष्ट ग्राहकलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको बैंकले अब विदेशमा पनि आप्mनो सेवा विस्तार गर्न भएको छ । यसका विदेशस्थित ५ वटा सम्पर्क/प्रतिनिधि कार्यालयहरु सञ्चालनमा आएपश्चात् यस बैंकको सञ्जाल विदेशमा पनि विस्तार हुने छ । यसबाट अन्तर्राष्ट्रिय व्यापारमा टेवा पुग्ने तथा सम्बन्धित देशमा रहनु हुने ग्राहकलाई सहज एवं सरल रुपमा यस बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास लिएको छ ।