समाचार

भद्रकालीमा युवतीलाई कुटपिट गर्ने ‘धर्ति माता’ पक्राउ

काठमाडौँ । भद्रकाली मन्दिर परिसरमा आफुलाई धर्तीमाता भन्दै महिलामाथि आक्रमण गर्ने ३२ वर्षीया विष्णु कुवँर पक्राउ परेकी छन् । गूल्मी घर भई बुटवल बस्दै आएकी कुवँरले मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा पोष्ट भएको थियो ।

प्रहरीले उक्त भिडियोको आधारमा उनलाई शुक्रबार विहान बालाजु बाईपासबाट नियन्त्रणमा लिएका छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डौं राखी थप अनुसन्धान भई रहेको छ ।