समाचार

काठमाडौंमा सिरिन्ज आक्रमणको चर्चाः एक जना पक्राउ

काठमाडौंमा । विगत केहि दिनदेखि काठमाडौंमा लगातार सिरिन्ज आक्रमणको चर्चा चलिरहँदा प्रहरीले सोहि प्रकरणमा संलग्न भएको आसंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहिबार राति काठमाडौंमा नैकापका ३० वर्षिय सन्तोष कार्किलाई पक्राउ गरेको बताएको छ । उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरिएको हो ।

तर कार्कीले भने सिरिन्ज आक्रमणमा आफनो कुनै संलग्नता नभएको बताएका छन ।  कार्कीले भने आत्म सन्तुष्टिका लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएको प्रहरीको भनाई छ । साथै उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

बिगत केही दिनयता काठमाण्डौका विभिन्न स्थानमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उक्त विषय सञ्चार माध्यममा अहिले चर्चा– परिचर्चाको विषय पनि वनेको छ । साथै संसदमा पनि यो विषयलाई  सांसदहरुले पटक–पटक उठाएका छन ।

तर पनि यस प्रकरणको यर्थाथता केहो त भन्ने बारे प्रहरी पनि अझै अन्योलमै छ । सिरिन्ज आक्रमणको विषय निरन्तर सञ्चार माध्यममा आउन थालेपछि केहि दिनदेखि काठमाडौं लगाएत मुलुकभरका किशोरीले आफु असुरक्षित भएको महसुस गर्न थालेका छन । के हो त सिरिन्ज आक्रमण यष विषयमा गम्भिर भएकर सोच्नु पर्ने देखिएको छ ।