समाचार

(एएफयू)र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच विवादः भवनको काम प्रभावित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए ।

एएफयूका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले दुई विश्वविद्यालयबीच भएको सहमतिअनुरुपको जग्गामा भवन निर्माण गरिएकोमा त्रिविले अबरोध सिर्जना गरेको बताएका छन । एनले दुई विश्वविद्यालयका रजिष्ट्रारसहितको टोलीले दिएको प्रतिवेदन र त्रिविको सिनेटमा समेत बाटोछेउको जमीन एएफयुलाई दिने भनी गरिएको निर्णयअनुसार सोही ठाउँमा भवन निर्माण थालिएको जानकारी दिएका छन ।

उहाँका अनुसार मन्त्रिपरिषद्ले रामपुरको तीन सय ३८ विघा जमीनमध्ये ४० विघा १९ कठ्ठा त्रिविलाई इञ्जिनियरीङ कलेज निर्माण गर्न दिने र हेटौँडाको एक सय ५८ विघा जमीनमध्ये ६० विगाहा एएफयूलाई दिने निर्णय भएको थियो । रामपुरमा त्रिविलाई भवन निर्माण गर्न रु १५ करोड र हेटौँडामा एएफयूलाई भवन निर्माण गर्न सोही बराबरको रकम दिने निर्णय भएको ढकालले बताएका छन । दुई विश्व्विद्यालयबीच रामपुरमा त्रिविलाई र हेटौँडामा एएफयूलाई बाटो छेउमा जमीन दिने सहमति भएको ढकालको भनाइ छ ।

तर त्रिविका उपकुलपति प्रा.डा. तिर्थ खनियाले हेटौँडामा एएफयूलाई बाटो छेउमा नभएर बाटो दिएर भित्र जमीन दिने निर्णय भएको भए पनि एएफयूले त्रिविको जमीनमा भवन बनाउन सुरु गरेका कारण काम रोकिएको बताए । त्रिवि सरकारको र सिनेटको निर्णय मान्न तयार रहेको भन्दै उहाँले एएफयूले सहमतिअनुसार भवन निर्माण गर्नुपर्ने बताउनुभयो । सो स्थानमा एएफयूले रु.नौ करोड ८८ लाखमा शैक्षिक भवन निर्माणको काम सुरु गरेको हो ।