समाचार

शर्माको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

काठमाण्डौ । नेपाली काङ्ग्रेसले प्रजातन्त्र सेनानी भास्कर शर्माको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी काङ्ग्रेस रुपन्देहीका पूर्वजिल्ला सदस्य शर्माको निधनमा दुःख व्यक्त गरेका हुन् । लामो समयदेखि निमोनियाबाट पीडित शर्माको ७० वर्षको उमेरमा आज उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा निधन भएको थियो ।

देवदह नगरपालिका–३ सुरजपुरा निवासी स्व शर्मा २०३६, २०४६, २०६२÷६३ लगायतका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रुपले सहभागी हुँदै आउनुभएको थियो । स्व शर्माले राजनीतिका साथै सामाजिक र शिक्षाको क्षेत्रमा योगदान पु¥याउनुभएको थियो । उहाँको आजै देवघाटमा अत्येष्टि गरिएको काँग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले शर्माको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्वर्गीय शर्माले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ््गठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको र उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।