प्रदेश 1

अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु

बिराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्रि सडकखण्डमा आज अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पुले साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका– ६ बस्ने ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो ।

ट्याम्पुको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको नोबेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । ठक्कर दिने ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।