आर्थिक

सिभिल बैंकको शाखा कैलालीको भजनीमा

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखाबिस्तारको क्रममाकैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ७ का प्रदेश प्रमुख दिपक जोशी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
भजनी शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ ।