समाचार

गत वर्षभन्दा दश दिन ढिलो भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय

काठमाडौँ । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ ।

देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।

उनका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ । आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “पश्चिममा बनेको न्यूनचापीय रेखाले पश्चिमी भू–भागहरुमा मनसुन कम सक्रिय भएको महाशाखाका मौसमविद् बासीले भनीन् ।

राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।