समाचार

अर्घाखाँचीमा जिप दुर्घटनाः एक को मृत्युः दुई घाईते

अर्घाखाँची । अर्घाखाँचीको पोखेडाँडामा जिप दुर्घटमा परि एक जनाको मृत्यु छ । दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् । अर्घा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप आज पोखेडाँडामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि सन्धिखर्क–९ नौलापानी निवासी बोमबहादुर चुँदालीको मृत्यु भएको छ । तीन जना सवार उक्त जिपका चालक झविन्द्र खत्री र अनिल जिसी गम्भिर घाईते भएका छन् । जिप सडक बाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धा भैरेहेको र बिस्तृत विबरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।