समाचार

डोल्पामा दुईदिन देखि टेलिफोन सोवा अवरुद्धः स्थानीयवासी हैरान

डोल्पा । डोल्पामा गएको दुई दिन सम्म टेलिफोन सेवा अबरुद्ध हुद्धा समस्या भएको छ । साथै एक महीनामा तीनपटक सम्म टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले टेलिफोन सेवा अवरुद्ध भएको स्थानमा मर्मतका लागि कर्मचारी खटाइएको जनाईएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्क्विच्छेद भएको छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् ।