समाचार

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

रत्ननगर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाट चोकमा एकापसमा मोटरसाइकल एक आफसमा ठोक्किदा दुई जनाको को मृत्यु भएको छ ।
साँझ ६ बजे ना ५३ प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नंको मोटरसाइकल एकापसमा ठोकिदा उक्त र्दुघटना भएको हो ।

दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन ।