अन्तर्राष्ट्रिय

रुसका राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुदैः के –के विषयमा छलफल हुदैछ ?

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ । जी २० सम्मेलनका क्रममा जापानमा उनिहरुबीच यही हप्ता भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

उहाँहरूबीच इरानसँग अमेरिकाको चर्किदो विवाद र सिरिया सङ्कटका बारेमा कुराकानी हुने अधिकारीहरूले बताएका छन् ।
इरानसँगको विवाद चर्किदै गएकाले विभिन्न देशका शीर्ष नेताहरूसँग छलफल गरिरहेको अमेरिकी पक्षले रुसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो ।

पुटिनले जापान भ्रमणका क्रममा बेलायती कामचलाउ प्रधानमन्त्री थेरेशा मे, टर्कीका राष्ट्रपति रेसेप तयप एड्रोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । पुटिनले ट्रम्पसँग यही आउँदो शुक्रबार जापानको पश्चिमी शहर ओसाकामा भेट्नु हुने अधिकारीहरूले जनाएका छन् ।