पु.समाचार

माध्यामीक तह (एसईई)को नतिजा आज आउदैः नतिजा कसरी हेर्ने

काठमाडौं । माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा आज प्रकाशित गरिदै छ । नतिजा प्रकाशनको विषयमा छलफल गर्न दिउसो बोर्ड बैठैक बोलाईएको परिक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन ।
सामान्यतया बोर्ड बैठक बसेपछि नतिजा प्रकाशन गर्ने गरिएको छ । गत वर्ष भन्दा यस वर्ष केहि ढिला गरि नतिजा प्रकाशन गर्न लागिएको छ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएको कारण नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।
२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । एसईईको नतिजा सुर्य खबरडटकम मार्फत पनि हेर्न सकिन्छ ।

साथै

Know Your SEE Result
IVR:-Dial 1600 & Follow the instructions.
SMS:- see<space>Symbol No. and send it to 1600
Web: http://see.ntc.net.np