अन्तर्राष्ट्रिय

विस्थापित जिवन बिताईरहेका ३९ सय नागरिक खतरामाः राष्ट्रसङ्घ

मोगादिसु । विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो । नयाँ आवास क्षेत्र बनाइएको सोमालियाको दक्षिणपश्चिमतर्फ पर्ने बैडोआमा रहेका खतरामा रहेको अन्तर्रा्ष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जनाएको छ ।

विस्तापित भएर खतरापूर्ण जीवन बिताउनेमा ६८२ घर परिवारका तीन हजार ९१४ जना रहेको आईओएमको तथ्याङ्क छ ।
मङ्गलबार बेलुकी आईओएमद्वारा जारी वक्तव्यमा खतरापूर्ण अवस्थामा रहेकालाई अन्यन्त्र स्थानान्तरण गर्ने क्रम शुरु भएको उल्लेख छ । यो क्रम जुलाईसम्म जारी रहने वक्तव्यमा जनाइएको छ ।

उनीहरुलाई अहिलेकोभन्दा राम्रो ठाउँ, राम्रो अवस्था र सुहाउँदो जमिनको समेत व्यवस्था गर्न लागिएको आईओएमका अधिकारीहरुले जानकारी दिएका छन् ।