प्रदेश 1

रङ्गेली चट्याङले तीनको मृत्यु

बिराटनगर । मोरङको रङ्गेली नगरपालिकामा आज अपराह्न हावाहुरी एवं पानीका साथ परेको चट्याङ लागेर दुई युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार रङ्गेली–९ दोहमना बजार नजिक चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेव घाइते भई उपचारका लागि अस्पताल लग्दा चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।