पु.समाचार

यस्तो छ गायक प्रकाश सपुत र शम्भु राईबिच भएको चार बुँदे सहमति ?

काठमाडौँ । पछिल्लो समय गायक प्रकाश सपुतले सार्वजनिक गरेको गीत ‘गलबन्दी’बारे हुँदै आएको विवादमा सहमति भएको छ । गायक शम्भु राईले आफ्नो गीतको लय प्रकाशले चोरेको आरोप लगाउँदै आएका थिए ।

गायकद्वय राई र प्रकाशबीच गीतको लय चोरी गरेको लफडा लामो समयदेखि चदै आएको थियो । उनीहरूको विवाद प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यलयममा भएको छलफलबाट सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएपछि गायक राइले यसमा भएको लय आफ्नो ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी गरेका थिए ।

सहमति अनुसार ‘गलबन्दी’ गीतबाट हुने आर्थिक, प्रतिलिपी, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाशकै हुनेछ । यसमा राईले दाबी नगर्ने सहमति भएको छ । कानुनी उपचारअनुसार ‘गलबन्दी’ विवादमा देखिएको शम्भु र प्रकाशको लफडा किनारा लागेको हो ।