समाचार

गृह मन्त्रालयका सह–सचिव सुवेदीको गाडीमा ट्राफिक प्रहरीको लक

काठमाडौँ । गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले लक लगाएका छन् ।

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेको वेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् ।

प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा २ झ ३४६ नम्बरको गाडी राखेर सुवेदी खाना खान निस्किएका थिए ।प्रत्यक्षदर्शीका अनुसार लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए ।

‘कानुन पालना गराउने निकायले कानुनको रखवाली गर्दै गरेका प्रहरी दाइलाई दवाब दिएर कारवाही फिर्ता गराउन खोज्ने ?’, श्रेष्ठले प्रश्न गरेका छन्, ‘त्यति मात्रै होइन, फोनमार्फत कुरा गराएर ती प्रहरीलाई नै तर्साउन खोज्ने ?’ उनले ती कर्मचारीको सरुवा गरिने आशंका गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘होसियार हामीले हेरी राखेका छौं ।’