समाचार

महिला साँसदको आक्रोसः नर्सले तोकिएको पारिश्रामिक किन पाएनन् ?

काठमाण्डौ । राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताईन् ।
सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५०० प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराईन् । सांसद अनिता देवकोटाले नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टरमा हत्या भएको भनिएकाले सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन् ।

सांसद इन्दु कडरियाले कञ्चनपुर जिल्लामा हुलाकी सडक बन्दाबन्दै भारतीय सुरक्षाकर्मीले धम्याउने क्रम नरोकिएको हुनाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराईन् । सांसद कमलाकुमारी ओलीले यातायात क्षेत्रमा एकाधिकार अन्त्य भइसक्दा पनि कायम रहेको देखिएकाले सत्यतथ्य दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराईन् ।