आर्थिक

सन्राइज बैंकको किन्जा र शिवालयमा शाखा

काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालनगर्दै आइरहेको छ। यसै क्रममा सोलुखुम्बु स्थित किन्जामा १०८ औँ र रामेछाप स्थित शिवालयमा १०९ औं शाखा संचालनमा ल्याएको छ । आइतबार, आषाढ ८ गते आयोजित औपचारिक कार्यक्रमा लिकुपिके नगरपालिकाको मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखाको उद्घाटन गरे । साथै गोकूलगंगा गाउपालिकाको मेयर खड्क बहादुर सुनुवारले शिवालय शाखाको आषाढ ९ गते उद्घाटन गरे। सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यो समेत गरी बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३५ वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालनगर्दै जाने योजना रहेको छ।