समाचार

बन्दको कारण जनजिवन प्रभावीत, उपत्यकामा फाट्टफुट्ट सवारी चल्न थाले

काठमाडौं । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले आह्वान गरेको बन्दका कारण आज उपत्यका सहति मुलुकभरको जनजिवन प्रभावीत भएको छ, उपत्यकामा सार्बजनिक सवारी साधन चल्न थालेका छन् । आफना पार्टिका सर्लाहि जिल्ला ईन्चार्ज कुमार पौडेलको हत्याको बिरोधमा आक्रमक वनेको नेकपाले विभिन्न विरोधका कार्यक्रमको आयोजना गरेको थियो जसअन्र्तगत आज नेपाल बन्दको आह्वान गरिको हो । नेकपको बन्दका कारण आज लामो तथा छोटो दुरिका सवारी साधन ठप्प हुनुका साथै शैक्षिक संस्था, कलकारखाना, पनि बन्द भएका छन् ।

अन्य दिनको तुलनामा राजधनिका सडकहरुमा शवारीका साथन कमै मात्रामा चलेका छन् । साथै लामो दुरिका लागि उपत्यका बाट बाहिरीने सवारी साधन समेत एकाध मात्रामा बाहिरीएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साथै बन्दको प्रभाव उपत्यका बाहेक बाहिरी जिल्लाहरुमा पनि बढि देखिएको छ ।

बन्दको बिहानै देखि बिभिन्न स्थानमा संकास्पद वस्तु फेला पर्नुका साथै बम विस्फोटको भएको प्रहरीले बताएको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । यस्तै ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको शंकास्पद बस्तु पनि बम नभएको प्रहरीले पुष्टि गरेको छ ।