समाचार

विप्लवको बन्दले सार्बजनिक सवारी ठप्प, किर्तिपुर, पोखरा र जावलाखेलको बमले सर्बसाधारणमा त्रास

काठमाण्डौ । नेकपा विप्लव समूहको बन्दका कारण देशभरको जनजिवन प्रभाबित भएको छ । असार ५ गते विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरीले मुडभेडमा मृत्यु भएको बताईरहेका बेला विप्लव समूहले उनलाई गैरन्यायीक हत्या गरेको भन्दै आज बन्दको घोषणा गरेको थियो ।

शिक्षण संस्था, कलकारखाना लगायत लगभग ठप्प छन् भने प्राईभेट सवारीहरु फाट्टफुट्ट चलेका छन् । प्रहरीले काठमाण्डौ बाहिर जाने सार्बजनिक सवारी नचलेको बताएपनि काठमाण्डौका सार्बजनिक सवारी भने बिस्तारै चल्ने दाबी गरेको छ । किर्तिपुर, पोखरा र जावलाखेलमा बम भेटिएपछि जनमानसमा त्रास पैदा भई सवारी साधन चलाउन तयार नरहेको देखिन्छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले गैरन्यायीक हत्याको छानबिन गर्नुपर्ने बताईरहेको छ भने गृहमनत्ती रामबहादुर थापाले कुमार पौडेलको मुडभेडमा नै हत्या भएको बताएका छन् । आईजीपी सर्वेन्द्र खनालले समेत पौडेलको बिगष्तको पृष्ठभूमि हर्न भनदै मुडभेडमा नै मृत्यु भएको बताएका छन् ।