अन्तर्राष्ट्रिय

इराकमा मन्त्री मण्डल बिस्तार, पुनः बिस्तार हुने

बग्दाद । इराकको संसदले थप तीन मन्त्रीको नामावली सोमबार पारित गरेको छ । मन्त्रीपरिषद्मा थप तीन सदस्य थपिएपनि सरकार भने अझै अपूर्ण नै रहेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको आठ महिनापछि सम्मपनि अडेल अब्डेल माहदीले शिक्षा मन्त्री नियुक्त गर्न नसकेकाले सरकार अझै अपूर्ण नै रहेको हो ।

संसदले सोमबार रक्षा, गृह र न्याय मन्त्रीको नामावली परित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रशिद्ध इराकी राजनीतिज्ञ तथा अर्थशास्त्री ७६ बर्षीय माहडीको नेतृत्वमा गत बर्ष इराकमा नयाँ सरकार बनेको हो ।

उनले अहिले गृह मन्त्रीका रुपमा यसिन अल यासेरीलाई र रक्षा मन्त्रीका रुपमा जनरल नाजाह अल शेम्मारीलाई पाएका छन् ।

शिक्षा मन्त्रीको रुपमा भने एक महिलालाई उहाँले प्रस्ताव गरेकोमा संसदले पारित नगरेको समाचारमा जनाइएको छ ।

संसद श्रोतले दिएको जानकारी अनुसार चाडै नै शिक्षा मन्त्रीका लागि अर्को व्यक्तिको नाममा मतदान गराइने छ ।

सरकारलाई पूर्णता दिन संसद र आन्दोलनकारी सहित विभिन्न क्षेत्रबाट दबाब बढेपछि उनले तीन मन्त्रीको नामावली संसदमा पेश गर्नुभएको हो ।