अन्तर्राष्ट्रिय

कङ्गोमा इबोलाबाट दश महिनामा एक हजार ५०० जनाको मृत्यु

किन्शास । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्युहुनेको संख्या एक हजार ५०० भन्दा बढी पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार इबोलाका कारण झण्डै दश महिनाको अवधिमा एक हजार ५०६ जनाको मृत्यु भएको हो ।

आइतबारसम्ममा इबोलाबाट दुई हजार २३९ जना विरामी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

इबोला भाइरसले युगाण्डालगायतका छिमेकी देशबाट आएकाहरूलाई पनि प्रभावित पारेको समाचारमा जनाइएको छ ।

इबोला नियन्त्रण गर्न एक लाख ४१ हजार जनालाई खोप दिइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । विषेश गरेर देशको इतुरी र दक्षिणी किभु प्रान्तमा यसको प्रभाव बढी देखिएको छ ।

इबोला भाइरसबाट संक्रमित व्यक्तिको रगत तथा पिसावलगायत शरिरबाट हुने अन्य तरल पदार्थको आदानप्रदान यो रोग अर्को व्यक्तिमा सर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।

यो रोगबाट कङ्गोमा मृत्यु हुने र प्रभावित हुनेहरुको संख्या अत्यन्त डरलाग्दो रहेको छ । यस बाहेक लाईबेरिया, गुइनेया र सेरालोनमा सन् २०१४ देखि २०१६ सम्ममा ११ हजार ३ सय भन्दा बढीको मृत्यु भएको थियो ।