गण्डकी प्रदेश

नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ (नामसहित)

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटीका ७२ वडाका अध्यक्ष र सचिवले शपथ लिएका छन् । नेकपाले आज जिल्ला पार्टी कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरी पोखरा महानगरपालिका र चार वटै गाउँपालिकाका गरी ७२ वडाका अध्यक्ष र सचिवलाई शपथ गराएको हो ।

उनीहरुलाई पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापाले शपथ गराएक ाथिए । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठन भएको १४ महीनापछि नेकपाको तल्लो कमिटीमा एकताले पूर्णता पाएको हो । वडामा महानगरमा ६०/४० तथा गाउँपालिकामा ५५/४५ प्रतिशतको अनुपातमा साबिक दुई पार्टीका बीचमा भागबण्डाका आधारमा नेतृत्व चयन गरिएको छ ।

जिल्लाका ७२ वडामध्ये पूर्व एमालेले ४२ र माओवादी केन्द्रले ३० वडामा नेतृत्व लिएको छ । महानगरमा रहेका ३३ वडामध्ये पूर्व एमालेले २० तथा माओवादी केन्द्रले १३ तथा गाउँपालिकाका ३९ वडामा पूर्व एमालेले २२ तथा माओवादीले १७ वडामा नेतृत्व पाएको छ । अध्यक्ष र सचिव साबिकका फरक पार्टीबाट हुने गरी जिम्मेवारी प्रदान गरिएको छ ।

शपथग्रहण कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सदस्य एवं पोखरा महानगरप्रमुख मानबहादुर जिसीले दुई फरक पृष्ठभूमि र कार्यशैलीबाट आएका दुई पार्टीबीच एकता भएर एउटै गन्तव्य तय गरेको अवस्थामा हार्दिकताका साथ जनताको काममा खट्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले कम्युनिष्ट पार्टीको सदस्यको हैसियतले शपथ लिएकाले साम्यवादसम्म पुग्ने अन्तिम लक्ष्य पछ्याउँदै सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर समाजवादको तयारी गर्नुपर्ने बताए ।

जिल्ला अध्यक्ष थापाले निर्वाचित जनप्रतिनिधिको काम तथा कार्यशैलीलाई हजारौँ जनताले नजीकबाट हेरिरहेको चर्चा गर्दै जनताले चुनेका प्रतिनिधि अनियमितता र गलत कार्यमा लागेको प्रमाण भेटिए पार्टीले कारवाही गर्ने चेतावनी दिए । नेकपाले यही असार १२ गतेभित्र वडा कमिटीको नामावली जिल्लामा पठाउन सम्पूर्ण वडाध्यक्षलाई निर्देशन दिएको छ ।

अध्यक्ष र सचिवको नामावली :
पोखरा महानगरपालिका :
वडा नं. अध्यक्ष सचिब

१ दामोदर रिमाल शंकर तिवारी

२ ठाकुर प्रसाद सुबेदी लोकेश सेन्चुरी

३ क्या।भिम बहादुर गुरुङ्ग राज कुमारी भुजेल

४ शंकर कोईराला लोकनाथ भण्डारी

५ बिष्णु प्रसाद बराल नारायण बिक्रम शाही

६ नर्मदा कडेल मदन पहारी

७ पुरुषोत्तम रेग्मी सुर्य बहादुर कार्की

८ लक्ष्मी सुबेदी राज कुमार गिरी

९ बम बहादुर कार्की प्रकाश शर्मा

१० सुर्य बहादुर बानिया सीता तिमिल्सीना

११ हर्कमान बिश्वकर्मा नारायण प्रसाद आचार्य

१२ गोबिन्द घिमिरे गुप्त बहादुर कार्की

१३ तिलक गुरुङ्ग टंक प्रसाद भट्टराई

१४ बल बहादुर सेन्चुरी शिबराज कडेल

१५ भक्त बहादुर खत्री भोज बहादुर गुरुङ्ग

१६ जगन्नाथ तिमिल्सीना निर्मल आचार्य

१७ सुवास ढुङ्गाना ईश्वरी प्रसाद लम्साल

१८ पुष्कल बहादुर थापा प्रजापति अधिकारी

१९ बिष्णु प्रसाद गौतम निर्मल बास्तोला

२० भीम प्रसाद बास्तोला चन्द्र बहादुर गुरुङ्ग

२१ कृष्ण बहादुर थापा मगर पुर्णदिप सिग्देल

२२ चण्डीका बराल त्रिलोचन बराल

२३ चेत बहादुर क्षेत्री घनश्याम पराजुली

२४ मनहरी त्रिपाठी बिष्णु तिमिल्सीना

२५ माधब शरण पौडेल शिब कुमार श्रेष्ठ

२६ रामहरी ढुङ्गाना मेघनाथ भण्डारी

२७ सुर्यमणी लामिछाने राम प्रसाद तिमिल्सीना

२८ भोलानाथ त्रिपाठी यज्ञ तिवारी

२९ तिल कुमारी थापा मगर धन बहादुर बि.क.

३० कृष्ण प्रसाद अधिकारी दयाराम तिवारी

३१ गणेश बहादुर थापा कृष्ण तिमिल्सीना

३२ अर्जुन मल्ल पदम कुमार श्रेष्ठ

३३ गुरु प्रसाद आचार्य (क्रान्तिकारी) गोपाल पुन

रुपा गाँउपालिका:
वडा नं. अध्यक्ष सचिब

१ पुष्पा खनाल कृष्ण कुमार श्रेष्ठ

२ तिल बहादुर थापा भिम बहादुर वि।क

३ दिपेन्द्र गौतम बलभद्र कुमाल

४ डिल्लीराम खनाल शंकर सुनार

५ तिलक अधिकारी चिन बहादुर खनाल

६ हर्क बहादुर खत्री यस बहादुर गुरुङ्ग

७ सत्यराज सुवेदी तारानाथ सुवेदी

मादी गाँउपालिका: 
वडा नं: अध्यक्ष सचिब

१ उभर बहादुर गुरुङ्ग भद्रविर नेपाली

२ एक्काजंग गुरुङ्ग नर बहादुर गुरुङ्ग

३ ज्याम प्रसाद गुरुङ्ग सविना गुरुङ्ग

४ पुण्य प्रसाद सापकोटा न्वराज पौडेल

५ एक बहादुर कार्की भुवानी शंकर वास्तोला

६ कृष्ण बहादुर क्षेत्री भिम बहादुर थापा

७ शेर बहादुर गुरुङ्ग बुद्धि बहादुर गुरुङ्ग

८ चन्द्र बहादुर गुरुङ्ग तेजनाथ बराल

९ श्रीप्रसाद गुरुङ्ग (गोपाल) रामचन्द्र अधिकारी

१० ऋषिराम गौतम ऋषिराम सुबेदी

११ जिवनकुमार परियार रणबहादुर लामा

१२ लेखनाथ बराल सुर्य बहादुर रानाभाट

माछापुच्छ्रे गाँउपालिका ः
वडा नं. अध्यक्ष सचिब

१ अनुप गुरुङ्ग (आसकुमार) जित बहादुर पुन

२ बिक्रम गुरुङ्ग केदार आचार्य

३ गोपाल पोख्रेल कमल भुजेल

४ टेक बहादुर श्रेष्ठ सुर्य अधिकारी

५ देविलाल लामिछाने हुमलाल लामिछाने

६ टेकनाथ गौतम रुद्र बहादुर के।सी

७ बावुराम भण्डारी डिल्लीराम भण्डारी

८ चामलाल गौतम जिवनाथ लामिछाने

९ शिव भण्डारी राम बहादुर गुरुङ्ग

अन्नपुर्ण गाँउपालिका:
वडा नं. अध्यक्ष सचिब

१ सुर्य बहादुर परियार केदारनाथ अधिकारी

२ बेद प्रसाद शर्मा नारायण भण्डारी

३ हरि प्रसाद शर्मा पुण्य प्रसाद पौडेल

४ राम बहादुर के। सी सागर पौडेल

५ दान बहादुर के। सी पिताम्वर रेग्मी

६ एकदेव देवकोटा पिपल प्रसाद देवकोटा

७ बुद्धि बहादुर गुरुङ्ग अर्जुन वि।क

८ लिल बहादुर कुँवर टंक प्रसाद सुवेदी

९ धर्म बहादुर मगर पुर्ण बहादुर राई

१० चक बहादुर गुरुङ्ग राज बहादुर गुरुङ्ग

११ गुञ्जमान गुरुङ्ग अरुण गुरुङ्ग