राजनीति

६५ कटेकाले युवालाई नेतृत्व हस्तान्तरण गरेर भएपनि काँग्रेस बलियो बनाउनैपर्छः नेता सिटौला

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले काँग्रेस मुलुकका गरिबको घरमा पुग्न नसकेको बताएका छन् । नेता सिटौलाले काठमाण्डौमा बसेर काँग्रेसको संगलठन बलियो हुन नसक्ने बताउदै काँग्रेस बलियो बनाउन नेताहरु दूरदराजका गरिब जनताको घरमा पुग्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।

काठमाण्डौको देशको परिस्थिति र नेपाली काँग्रेसको भूमिका बिषयक कार्यक्रममा बोल्दै पुर्ब महामन्त्री समेत रहेका सिटौलाले अब ६५ बर्ष नाघेका नेताहरु नेतृत्वमा आउनुहुन्न भन्दै युवाहरुलाई नेतृत्वमा ल्याउनुपर्ने विचार ब्यक्त गरेका छन् । काँग्रेस कमजोर बाटोमा हिँड्ने र सरकार गलत बाटोमा हिँड्ने विश्लेशण गर्दै गुठी बिधेयकको बिरोधमा देखिएको जनताको बिरोधले नेकपा अध्यक्ष केपी शर्मा ओलीको दुईतिहाईको घमण्ड तोडिएको दाबी गरेका छन् ।
देशभरका कार्यकर्ताले नेतृत्वमा युवालाई देख्न चाहेको भन्दै युवाले पनि सिनियर नेताहरुलाई जितेर अगाडी बढ्न सक्नुपर्ने विचार ब्यक्त गरेका छन् । नेता सिटौला एकाएक तेस्रो धारलाई सकृय बनाउन आफ्ना नेताहरुसहित कार्यक्रममा देखिएका थिए ।