आर्थिक

प्रभु बैंकको शाखाकार्यालय अब आरुघाटमा पनि

काठमाण्डौ । प्रभु बैंकले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आजदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाबाट एक समारोहका विच बैंकको आरुघाट शाखा कार्यालयको समुद्घाटन भएको हो ।

शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथी त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवाउपभोग गरी लाभ उठाउन समेत आग्रह गरे । आरुघाट शाखाकार्यालय समुदघाटन कार्यक्रममा धादिङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ धादिङ्गका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आरुघाटशाखा समेत गरी बैंकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटिएम् र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्नाग्राहकहरुलाई सेवाप्रदानगर्दैै आएको छ ।
आजदेखि सञ्चालनमा आएको बैंकको आरुघाट शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।