आर्थिक

मुगुकोे मुगुम कार्मारोङ्गमा बैंकद्धारा कारोबार शुरु

काठमाण्डौ । कर्णाली प्रदेश, मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय मुगुम कार्मारोङ्गको कारोबार शुभारम्भ गरिएको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।