राजनीति

जितेपनि हारेपनि सभापतिसहित सबै तल्लो तहबाटै लडेर माथी आउनुपर्छः डा कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय डा. शेखर कोईरालाले फागुनभित्र महाधिवेशन गर्न सभापति शेरबहादुर देउवा तयार नभए २५ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षर गर्न आफू लागि पर्ने बताएका छन् । एक प्रतिष्ठीत मिडियासँगको अन्तरवार्तामा डा कोईरालाले संस्थापन पक्षले केन्द्रीय समितिमा भएको आफ्नो दम्भ प्रयोग गरेर अधिवेशनलाई अझै डेढ बर्ष सार्ने षढ्यन्त्र गरे काँग्रेसले ७५३ स्थानीय तहमध्ये अहिले जितेको २२३ प्रमुख रहेको स्थानीय तहसमेत घट्ने दाबी गरेका छन् ।

नेता कोईरालाले अधिवेशन सार्दा स्थानीय तहको निर्बाचनको मुखमा नै अधिवेशन पर्ने हुंदा निर्बाचनमा महाधिवेशनको प्रभाब पर्ने हुंदा स्थानीय तहको निर्बाचनको नतिजा अझै खस्किने भएकोले पार्टीका लागि फागुनमै महाधिवेशन गर्नुपर्ने तर्क गरेका छन् । आफू जिल्ला जिल्ला घुंम्दा नेता कार्यकर्ताहरुले कँग्रेसमा गुट नहुनुपर्ने विचार दिएसंगै उनीहरुले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा समेत परिवर्तन चाहेको दाबी गरेका छन् । नेता डा कोईरालाले सभापति र बरिष्ठ नेताको अपमान गर्न खोजेको भन्दापनि उहाँहरुले अब सललाहकारको भूमिकामा नेता कार्यकताले देख्न खोजेको आफूले पाएको बताएका छन् ।

डा कोईरालाले आफू सभापति उठ्ने नउठ्ने भन्ने बोल्ने समय अहिले नआएको बताउदै सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सभापति लडेको खण्डमा दुईमात्र सभापतिका उमेर्द्वार नहुने ठोकुवा गर्दै आफूपनि प्रबल दाबेदार रहेको संकेत भने दिएका छन् । डा कोईरालाले नेबिसंघ, तरुण दललाई भद्रगोल बनाएकोमा चिन्ता ब्यक्त गर्दै काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका खेल्न नसक्नु कमजोरी रहेको बताएका छन् ।

उनले तललो तहबाट सभापति समेत सबै लडेर आउनुपर्छ भन्ने भनाईमा कतिपय साथीहरु डराएको खुलस्त गर्दै आफू त्यही अडानमा रहेको जनाएका छन् ।