प्रवास

एनआरएनए थाईल्याण्डले गर्यो डिनर पार्टी

थाईल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डले थाईल्याण्ड स्थित नेपाली नियोग र नेपाली डाएस्पोरा बीचको सहकर्यतालाई झन् बलियो बनाउने उद्देस्य राखेर सनिबार एक डिनर रिसेप्शन सम्पन्न गरेको छ। उक्त रात्रिभोजमा भर्खरै नियुक्त नेपाली राजदुत गणेश प्रसाद ढकाल र उनको परिवारलाई स्वागत गरिएको थियो। गैरआवासीय नेपाली संघ का अन्तरास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकाल र संघका राष्ट्रिय समन्वय समितिका अध्यक्ष अस्सजित अवालेले राजदुत ढकाल र उनका स्पाउज़लाइ खादा र बुकेले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै राजदुत ढकालले एनआरएनए थाईल्याण्डले थाईलेन्ड स्थित समपुर्ण नेपाली संघ सस्था र समुदायका प्रतिनिधिहरुलाई समेटेर गरेको उक्त समाबेशी कार्यक्रमको प्रसंसा गर्दै आफु प्रति देखाएको सद्भाव प्रति धन्यवाद ब्यक्त गरेका थिए। उनले एनआरएनएसंग सरकारले ज्ञान, सिप, प्रबिधि, पहुच र लगानी को छेत्रमा ठुलो अपेक्षा राखेको बताउदै गैरआवासीय नेपाली संघले केहि समय अगाडी स्थापना गरेको नेपाल पोलिसी इस्टिच्युट (एनपीआई)ले ज्ञान र नीतिको क्षेत्रमा राष्ट्रिय योजना आयोग मार्फत पुर्याइरहेको योगदानको सराहना गरेका थिए।

सोहि कार्यक्रममा आफ्नो विचार राख्दै गैरआवासीय नेपाली संघका अन्तरास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले नेपालले दिगो विकास लक्ष्यका उद्देश्य पूरा गर्न वर्षको औसत वार्षिक सब २० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको आकंलनको चर्चा गर्दै समृद्धी नेपाल बनाउने सरकारको राष्ट्रिय आकांक्षामा तमाम गैरआवासीय नेपालीले आ(आफ्नो क्षमता र अवस्था अनुसार सहयोग गर्न तयार रहेको बताए ।ढकालले सरकारलाई एक भरपर्दो बिकाश साझेदार को रुपमा गैरआवासीय नेपाली संघले आफुलाई प्रमाणित गर्न डाएस्पोरा सदस्यहरुको स्रोत साधन र पहुच लाइ सदुपयोग गरि संघले गर्न सक्ने सम्भावित योगदानको आँकलन तुरुन्त प्रस्तुत गर्नु पर्ने बताए । एनपीआईका अध्यक्ष समेत रहेका ढकालले एनपीआई सरकारका कुनै पनि नियोग लगायतका निकाय मार्फत नेपाल र नेपालीलाइ सहयोग गर्न तयार रहेको बताउदै एनपीआईलाइ अन्तरास्ट्रिय थिङ्क टेंकको रुपमा विकास गर्न लागि परेको जानकारी गराए।

त्यस्तै गरि एनआरएनए थाईल्याण्डका अध्यक्ष अस्सजित अवालेले एनआरएनए थाईलेन्डले थाईलेन्डमा रहेका सबै नेपाली सम्बाददा सामुदायिक संग सस्थाहरुलाई समेटेर एक साझा सस्थाको रुपमा कम गरि रहेको जानकारी गराए। अवालेले अघिल्लो राजदुतले एनआरएनए थाईलेन्ड संग राम्ररी समन्वय गर्न नसकेको गुनासो गर्दै अन्य आफुलाई मन परेको सस्थालाई एनआरएनए थाईलेन्डसंग कहिले समानान्तरत कहिले एनआरएनए थाईलेन्ड भन्दा माथि राखेर व्यवहार गर्दा नेपाली समुदाय दुखित रहेको जनाए । नया राजदुत बाट पररास्ट्र मन्त्रालय ले मान्यता दिएको सस्था एनआरएनए लाइ सोहि प्रोटोकल मा व्यवहार गरिदिए सबै नेपालीहरु एक भएर नेपालको हितमा कम गर्न सजिलो हुने सुझाब पनि अवाले ले दिएका थिए।

एनआरएनए थाईल्याण्डकि महिला फोरम संयोजक मेघा चन्दले संचालन गरेको उक्त कार्यक्रममा थाईल्याण्ड स्थित स्थानीय १० भन्दा बढी नेपाली सस्थाका प्रतिनिधिहरु र विभिन्न बिश्वबिध्यालयमा कार्यरत प्राध्यापक तथा विभिन्न अन्तरास्ट्रिय सस्थाहरुमा कार्यरत नेपाली बिज्ञ साथै नेपाल पोलिसी इस्टिच्युटका कार्यकारी सदस्यहरुको उपस्थिति रहेको एनआरएनए थाईल्याण्डका महासचिब रवि महर्जनले बताए ।

बैंककको रेम्ब्रेंट होटेलमा आयोजित उक्त कार्यक्रममा एन आर एन कि पूर्व संरक्षक जयन्ति पाण्डे र फुकेटक लागि नेपाली कि कन्सुल प्रानी सकुलले पनि आफ्ना विचार ब्यक्त गरेका थियो। कार्यक्रममा वेब्स्टर युनिभर्सिटी नेपाली समाजले सास्कृतिक प्रस्तुति गरेको थियो भने स्वेता पुन्जाली लगायत महिला फोरमकि सदस्य रुपा श्रेष्ठले पनि नृत्य प्रदर्सनी गरेकी थिईन।

उक्त रिसेप्शनमा आफ्नो कार्यकाल सम्पन्न गरेर नेपाल फर्कने तयारी गरिरहेका नियोगका उपप्रमुख जंग बहादुर गुरुङ र उनको परिवारलाई पनि बिदाई गरिएको थियो। रिसेप्शनको लागि वेस्टर्न युनियन, मित्रा क्लोदिंग, हिमालय इन्, ओरिएण्टल कार्पेट, वेब्स्टर युनिभर्सिटी नेपाली समाज लगायतले आर्थिक सहयोग गरेका जानकारी संघ का कोसाध्यक्ष कान्छा गुरुङ ९गाबो ० ले जानकारी दिए ।

कार्यक्रममा आमन्त्रित पहुनाहरुका अतिरिक्त एनआरएनए थाईल्याण्डक राष्ट्रिय समिति र क्षेत्रीय समितका पदाधिकारी एबम सदस्यहरु साथै नेपाली नियोगका स्टाफहरुको पनि सहभागिता रहेको संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठ ले जानकारी दिए। औपचारिक कार्यक्रम पश्चात आगामी दिनमा नेपाल एम्बेसी र एनआरएनए थाईल्याण्डको सहकार्यलाई कसरि थप प्रभाबकारी बनाउने भन्ने बिसयमा छलफल भएको थियो। उक्त छलफललाई अर्को एक कार्यक्रम गरि पूर्णता दिने गरि समापन गरिएको थियो भने कार्यक्रम को अन्त्यमा एक रात्री भोज पनि गरिएको थियो।