आर्थिक

अध्यक्ष बस्नेत भागेपछि सदस्यहरुले चयन गरे परिदृष्य बचतको अध्यक्षमा रामसुन्दरलाई !

काठमाण्डौं । परिदृष्य बचत तथा ऋण सहकारी अध्यक्षमा रामसुन्दर घिमिरेको अध्यक्षक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसैगरी साधारण सभाले उपाध्यक्षमा राजभाई श्रेष्ठ, सचिवमारोशन साही, कोषाध्यक्षमा दिनेश विडारी सदस्यहरुमा माया पोखरेल, पूर्ण बहादुर लामा, सानुरत्न शाक्यलाई चयन गरेको छ ।

बिभिन्न कारणबाट सहकारी बिभागको तथ्याँकमा समस्याग्रस्त रुपमा रहेको उक्त सहकारी सँस्था पुनः सदस्यहरु मिलेर संचालनमा आउन लागेको हो । सहकारी विभागको तथ्याङ्कले पनि करिव १३० वटा सहकारी संस्थाहरु समस्या ग्रस्त रहेको बिभागसँग तथ्याँक छ ।

विगत ६ बर्ष देखी सञ्चालनमा नरहेको समस्या ग्रस्त अवस्थामा रहेको परिदृष्य बचत तथा ऋण सहकारी संस्था संञ्चालनमा आउने भएपछि सदस्यहरु खुसी भएका छन् ।

६ बर्ष अगाडी संस्थामा केहि समस्या आएपछि संस्थाका अध्यक्ष राम बहादुर बस्नेत फरार रहेपछि जिल्ला अदालत काठमाण्डौमा मुद्धा चल्दै आएको छ । संस्थाका अध्यक्ष आजका दिन सम्म पनि सम्पर्कमा नआए पछि संस्थामा रहेको बचत कर्ता सदस्यहरुले नै भिभा व्याङ्गक्वेट, टेकु, काठमाण्डौमा असार ७ गते शनिवारका दिन पुराना सम्पर्कमा रहेका सञ्चालक र सदस्यहरु बीच भेलाको आयोजना गरी राम सुन्दर घिमिरेको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरी संस्थालाई सञ्चालन गर्ने भएका हुन् ।

जिल्ला अदालत काठमाण्डौमा बरामद भएका तमसुक कागजातका आधारमा उक्त संस्थाले करिव ३ करोड ४४ लाख रुपैया कर्जा प्रवाह गरेको र निक्षेप दावी २ करोड उननपचास लाख मात्र रहेको हुदा संस्था सञ्चालन गरी कर्जा असुली उपर गर्दै शेयर बृद्धि गरी संस्थालाई अगाडी बढाउने निर्णय समेत सो भेलाले गरेको घिमिरेले जानकारी गराए ।