अन्तर्राष्ट्रिय

एथेन्सको बाहिरी क्षेत्रमा डढेलो, दर्जनौँ घरहरू खाली गरियो

एथेन्स । ग्रीसको राजधानी एथेन्सको बाहिरीक्षेत्र सामुद्रिक तट नजिकै शनिबार डढेलो लागेपछि त्यस क्षेत्रका वासिन्दालाई अन्यत्र सारिएको ग्रीक अधिकारीहरूले शनिबार जनाएका छन् ।

“डढेलोका कारण दर्जनौँ घरमा खतरा उत्पन्न भएपछि र डढेलोका धुवाँले स्थानीय नागरिक विरामी पर्नसक्ने भन्दै नगर प्रशासनले स्थानीय ती घरहरू खाली गरी उनीहरूलाई सुरक्षित स्थानतर्फ लगिएको छ,” सारोनिकोसका नगरप्रमुख जर्ज सोफ्रोनिसले बताए । जङ्गली क्षेत्रमा आगलागी भएको र विस्तारै वस्तीतिर सरेपछि पूर्व सावधानीका लागि वस्तीलाई खालि गरिएको हो ।

डढेलोका कारण मानवीय क्षति भने नपुगेको बताइएको छ । डढेलोको धुवाँ शहरी क्षेत्रमा प्रवेश गरेपछि शहरमा प्रदूषण बढेको अधिकारीहरूले बताएका छन् । आगलागीपछि उक्त क्षेत्रबाट गुड्ने सवारी साधनलाई वैकल्पिक बाटो अवलम्बन गर्न भनिएको छ । जङ्गलमा सल्लो र सानो झाडी रहेकाले डढेलोले छिट्टै फलिँदै गएको बताइएको छ ।

डढेलोलाई निभाउन दुई वटा फोहरा फाल्ने विमान र एउटा हेलिकोप्टर परिचालन गरिएको छ भने स्थानीय सुरक्षाकर्मीसहितका समूहहरू खटाइएको छ ।

एथेन्समा गत बर्षको जुलाईमा यस्तै सामुद्रिक तटमा रहेको एक रिसोर्टबाट फैलिएको डढेलोका कारण १०२ जनाको मृत्यु भएको थियो ।