अन्तर्राष्ट्रिय

‘रक्षा मन्त्रालयका ठेकदार’लाई सूचना चुहाएको भन्दै मृत्युदण्ड

तेहरान । अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई सूचना दिएको भन्दै इरानद्वारा ‘रक्षा मन्त्रालयका ठेकदार’लाई मृत्युदण्डको सजाय सुनाएको इरानी समाचार संस्था आइएसएनएले शनिबार जनाएको छ ।

“रक्षा मन्त्रालयको हवाई विभागमा ठेकेदारका रूपमा काम गर्दै आएका जलाल हाजी जावरले सीआइए र अमेरिकी सरकारलाई रक्षाका सूचना पु¥्याएको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएको छ,” इरानी सैनिक स्रोतलाई उद्धृत गरी आइएसएनएको समाचारमा जनाइएको छ ।

तर उक्त समाचार संस्थाले जावरलाई कहिले सजाए सुनाइएको र कसरी मृत्युदण्ड दिइएको भन्नेबारे केही खुलाएको छैन ।