राजनीति

प्रधानमन्त्रीको कडा निर्देशनः जेल परेका रेशम चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्नुस्

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

उनले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । “प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ”, उनले भने । उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शै्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो ।