राजनीति

केहीबेरमा प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा बैठक बस्ने तयारी

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो ३ः०० बजे सचिवालय बैठक बस्ने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराउनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन । नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ । यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो ।