समाचार

डा. डिला संग्रौला बुादागत बिरोधः ओली सरकारले धर्म संस्कृति र परम्परा मिच्यो

भूमि सुधार तथा सहकारी मन्त्रालय
१. गुठि सम्बन्धि विधेयक नेपालको धर्म सस्कृति परम्परा विरोधि एंव संविधानको भावना विपरित किन ल्याईयो र सदनमा प्रस्तुत भएको विधेयक संसद मार्फत नै फिर्ता हुनुपर्ने मान्यता विपरित मन्त्रीज्यूले किन पत्रकार सम्मेलन मार्फत फिर्ता लिनुभयो के यो सदनको सर्वोच्चताको अपमान होइन ?  जवाफ चाहियो ।
खानेपानि मन्त्रालय
नेपाल जलस्रोतको धनि देश हुदाहुदै पनि काठमाण्डौ बासिहरुलाई समेत सरकार ले खानेपानी पु¥याउन सकेको छैन। मेलम्चिको खानेपानीको विश्वसनियता पनि दिन सकिरहेको छैन भने देश भरिका सबै जनतालाई स्वच्छ खानेपानी दिन सक्छौ भन्ने विश्वासिलो आधार के छ ?प्रस्ट पारिदिनु प¥यो ।

सुचना प्रविधि मन्त्रालय
आजको युग सुचना तथा प्रविधिको युग हो तर विभिन्न अनलाइन सामाजिक सञ्जाल मथि बन्देज लगाउने तथा लोकतन्त्रको आधारस्तम्ँभ पुर्ण प्रेस स्वतन्त्रताको विपरित मिडिया काउन्सिल विधेयक ल्याएर किन पे्रस माथि नियन्त्रण गर्न खोजिदै छ ? सुचना सञ्चार तथा मिडिया काउन्सिल विधेयक तुरुन्तै फिर्ता गरिनुपर्दछ यसबारे मन्त्रीज्यूको धारणा के छ ?

युवा तथा खेलकुद मन्त्रालय
अहिले विश्वका युवाहरुको खेलकुद प्रति आर्कषण बढिरहेको छ तर नेपालमा युवाहरुलाई खेलकुद प्रति आर्कषित गराउन फुटबल र क्रिकेट स्टेडियम बन्दैनन किन? अब नयाँ कहा कहा बन्दैछन एंव युवालाई सिप दक्षता र रोजगारी दिएर सक्षम बनाउने भावि कार्ययोजना के छन ? जवाफ चाहियो ।

शहरी विकास मन्त्रालय
शहरी विकासका निम्ति छरिएर बसेका जनताहरुलाई एकै ठाउमा सबै सुविधा उपलब्ध गराउनका लागि सरकारले शहरी विकासको धारणा विकास गरेको हुन्छ चाहे त्यो हिमाल पहाड तराई नै किन नहोस तर यो दुई तिहाइको सरकार सगँ यस्ता नया योजना छन कि छैनन जानकारी पाउँ ?