समाचार

विप्लव नेता पौडेल घटनाको आयोगले अनुसन्धान गर्ने

काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गरी उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नं २ कार्यालयबाट आज टोली खटाइएको जानकारी दिए । टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ ।