समाचार

२२ गते बस्ने काँग्रेस केन्द्रीय समिति बैठकले यस्ता महत्वपूर्ण निर्णय गर्दैछ !

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आषाढ २२ गते आइतवार बस्ने भएको छ । विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा वस्ने र उक्त बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत सदस्यहरुलाई उपस्थितिका लागि काँग्रेसले अनुरोध गरेको छ।

बैठकमा नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलि, २०७६ माथी छलफल, राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा, भातृ एवं शुभेच्छुक संस्थाको विधान सम्वन्धमा, समसामयीक राजनीतिक विषयका सन्दर्भमा छलफल र निर्णय हुने जारी विज्ञप्तीमा उल्लेख छ ।