समाचार

रसुवागढीको सुरुङभित्र अलपत्र १७ जनाकै सकुशल उद्धार

रसुवा । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाभित्र अलपत्र परेका १७ जनाकै शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका थिए ।

कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको प्रहरी प्रमुख ढकालले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्ररुपमा भएको थियो ।

सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी