खेलकुद

कोपा अमेरिका फुटबलमा उरुग्वे र जापान २-२ को बराबरीमा रोकिए

काठमाडौँ । कोपा अमेरिका कप फुटबलमा उरुग्वे जापानसँग २(२ गोलको बराबरीमा रोकिएको छ । ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।

खेलको २५ औं मिनेटमा कोजी मियोसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍यायो । उसका लागि लुइस स्वारेजले गोल गरे ।

पहिलो हाफ एक(एक गोलको बराबरी भएको खेलको ५९ औं मिनेटमा फेरि मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाए । तर ६६ औं मिनेटमा जिमिनेजले गोल गर्दै उरुग्वेलाई बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र उरुग्वेले अंक बाँड्न बाध्य भयो ।