आर्थिक

दश महिनामा ५५ अर्बको शेयर सूचीकृत

काठमाडौँ । चालु आर्थिक वर्षको दश महिनामा कूल रु ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा’ दश महिनामा रु २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर सूचीकृत भएको छ ।

यस्तै रु नौ अर्ब २२ करोड बराबरको हकप्रद शेयर, रु २० अर्ब २४ करोड बराबरको शेयर लाभांश र रु ७५ करोड १७ लाख बराबरको ऋणपत्र गरी रु ५४ अर्ब ९६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल स्टक एकसचेञ्जमा सूचीकृत शेयरको चुक्तामूल्य रु चार खर्ब १५ अर्ब २१ करोड पुगेको बैंकले जनाएको छ । स्टकमा सूचीकृत कम्पनीको सङ्ख्या गत वैशाख मसान्तसम्म २०९ पुगेका छन् । सूचीकृत कम्पनीमध्ये १५० बैंक तथा वित्तीय संस्था, १९ वटा बीमा कम्पनी छन् । यस्तै कूल १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी र चार÷चार वटा होटल तथा व्यावसायिक संस्था र चार वटा अन्य समूहका रहेका छन् ।