आर्थिक

टोयोटाको नयाँ गाडी अब श्रेया अटोमोबाईल्समा

जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ।

जनकपुरमा श्रेया अटोमोबाईल्सले बिगत केहि महिना देखि टोयोटाका गाडीहरु बिक्री गर्दै आईरहेको र हाल सम्म २५ वटा गाडि बिक्री भईसकेका छन्। संचलानमा आएको केहि समय बितिसकेता पनि श्रेया अटोमोबाईल्स डिलरको उद्घाटन भने भव्य समारहोका बिच आज जनकपुरमा सम्पन्न भयो। उक्त कार्यक्रममा कैलाश र महेश प्रमुख अतिथीका रुपमा उपस्थित थिए।
उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएका छन् ।