खेलकुद

ईनोभेटिभलाई अन्तरस्कुल बास्केटबल उपाधी

काठमाण्डौ । ईनोभेटिभ स्कुलले ओलम्पिक डे का अवसरमा ज्ञानोदय स्कुलको आयोजनामा भएको अन्तरस्कुल बास्केटबलमा अपराजित यात्रालाई कायम राख्दै बिहिबार उपाधी हात पार्न सफल भएको छ ।

राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम गर्ने क्रममा ईनोभेटिभले लिभरपुलमाथि २८ – ६ अंकको जित निकाल्दै उपाधी कब्जा गरेको हो । विजेता टिमका लागि दर्पणले १२ अंक जोडे । ईनोभेटिभले उपाधी ट्रफीका साथै मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

प्रतियोगिताको रनरअपका रुपमा एलए रह्यो । एलएले बिहिबार भएको प्रतियोगितामा एस स्कुलमाथि २६ – ८ अंकको जित निकाल्यो । प्रतियोगिताको म्यान अफ दि सिरिज एलएका लक्की महर्जन रहे । उनले अन्तिम दिन आफ्नो टोलीका लागि १२ अंक बटुले ।

अर्को खेलमा मोक्षदाले आयोजक ज्ञानोदयलाई सुदीपको ८ अंक मद्धतमा १५ – १० अंकले पराजित ग¥यो ।

बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले पुरस्कार वितरण गरेका थिए ।