अन्तर्राष्ट्रिय

बाढीका कारण ७ हजार ४ सय विस्थापित

मोन्टेभिडिओ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति विस्थापित भएका छन् ।

राष्ट्रिय आकस्मिक सेवाले दिएको पछिल्लो जानकारीअनुसार मध्य शहर डुराज्नो सबैभन्दा बढी प्रभावित भएको छन् । यहाँबाट पाँच हजार २९९ जना विस्थापित भएका छन् ।

रक्षामन्त्री जोसे वेआडीले एक शिविरको भ्रमण गरी विस्थापितहरुका लागि सैनिक सहयोगको बन्दोबस्त मिलाउनु भएको समाचारमा जनाइएको छ ।

कैयौँ व्यक्तिहरु अझै पनि बाढी प्रभावित क्षेत्रमा फसेका हुनाले सेनाले निरन्तर निरीक्षण गरिरहेको बेआडीले जानकारी दिनुभयो । उक्त बाढीका कारण प्रहरीले १२ ओटा राष्ट्रिय राजमार्गलाई बन्द गरेको छ ।