समाचार

कामु प्रधानसेनापति गिरिद्वारा जनता आवास पूनर्निर्माणको निरीक्षण

काठमाण्डौ । सरकारको निर्देशन बमोजिम बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ कार्यक्रम सञ्चासलनार्थ विभिन्ना १२ स्थानहरुमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप बैशाख १४ गतेबाट नेपाली सेनाले गरिरहेको पुनर्निर्माणको आज कामु प्रधानसेनापति शरद कुमार गिरीले निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणको दौरान जनता आवास कार्यदलका कमाण्डर, बारा र पर्सा जिल्लामा तैनाथ गणका गणपतिहरु र उक्त कार्यदलको अपरेशन अधिकृतले हालसम्म भएका कार्य प्रगति तथा भविष्यमा गरिने निर्माण योजनाको जानकारी गराएका थिए । सोहि अवसरमा कायममुकायम प्रधानसेनापति गिरीले बारा जिल्लामा ४ वटा क्लस्टरहरुको स्थलगत निरीक्षण गरी हावाहुरी पिडितहरुसँग अन्तरक्रिया समेत गराएका थिए।

उक्त निरीक्षण भ्रमणको दौरान नेपाली सेनाका रथीबृन्द, हावाहुरी प्रभावित क्षेत्रका स्थानीय वासिन्दा हरुको उपस्थिति रहेको थियो । निरीक्षण भ्रमण सम्‍पन्नन गरी उहाँ आजै काठमाण्डौ फिर्ता भएका छन् ।