मनोरञ्जन

गायक मदन ढकालको आवाजमा ”राजा रानी ” (भिडियो सहित)

काठमान्डौँ । अनुरोध म्युजिक प्रालीको प्रस्तुतीमा गायक मदन ढकाल र गायिका प्रविना आचार्यको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ”राजा रानी” गीतको भिडियो बजारमा आएको छ ।

अर्जुना थापाको शब्द तथा गणेश राना र विष्णु शर्माको लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी प्रेमिकालाई जिवनको सुनौलो संसारमा लग्नको लागी गायक निकै तयार भएका छन । आफनी प्रेमीकालाई स्वर्गमा लगेर आफनो छुटटै संसार बनाउने कुरा प्रेमीले गीतमा गरेका छन ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ”राजा रानी ” गीतको भिडियोमा मदन र प्रविनाको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=cVysiQh-5sk&authuser=0